काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताएका छन् ।
बैठकले धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य गरेको छ ।
सो बैठकले बर्ड फ्लु नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका १८ हिमालय कृषि मार्फलाई केन्द्रमानेर वर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको छ ।
थप निर्णय
