मोटरसाइकल चोरी गरेको अभियोगमा एक जना पक्राउ

पर्सा ।  वीरगञ्ज महानगरपालिका-१५ ओम होटल एण्ड पार्टी प्यालेस अगाडि पार्किङ गरी राखेको ना.६३ प ९२७४ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा बारा परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने २० वर्षीय साहिल पटेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

सोही महानगरपालिका-२१ बस्ने ३२ वर्षीय विश्वास प्रसाद पटेलको उक्त मोटरसाइकलको लक तोडी चोरी भाग्दै गरेका उनलाई  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीउपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.