मुर्ति चोरलाई मन्त्री बनाएपछि सहयोगी नै एमालेमा प्रवेश

सुर्खेत । कर्णली सरकारमा माओवादीले मुर्ति चोरका आरेपित कार्चेन लामालाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनाएको भन्दै उनका सहयोगी कल्से रावल एमाले प्रवेश गरेका छन् ।

 रावल पूर्वजनमुक्ति सेनाका सहायक कमाण्डर हुन् । माओवादीमा धेरै सांसदहरु रहेको तर सांसद नै नरहेको अदालतबाट सजाय भर्खरै भुक्तान गरेको मुर्ति चोरका आरोपितलाई मन्त्री बनाएको भन्दै त्यसमा असन्तुष्टि रहेको रावलले बताएका छन् ।

उनले आफ्नो नेतृत्वमा ५० बढि पूर्व जनमुक्ति सेनाहरु क्रमश एमाले प्रवेश गर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रले मूर्ति चोरेर फौजदारी कसुरमा जेल सजाय भोगेका  लामालाई मन्त्रीका लागि सिफरिस गरेका थिए । सोही आधारमा उनी मन्त्री नियुक्त भएका हुन् । 

लामाले चीनको ताक्लाकोटस्थित खोचेर गुम्बामा रहेको १२ सय वर्ष पुरानो मुर्ति चोरी गरेको आरोप पुष्टि भएको थियो । लामासहित छिरिङ्ग पाल्दन लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।

२०५१ मंसिर २५ गते न्यायाधीश निलकण्ठ उपाध्यायले उनी दोषि ठहर भएको फैसला सुनाएका थिए । उक्त फैसलामा उनीसहित दुवै आरोपीलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना हुने आदेश दिइएको थियो । 

माओवादीले उनलाई निकट भविष्यमै मन्त्री बनाउने भएपछि लामाले २०७८ असोज ११ गते मात्रै कैद र जरिवाना भुक्तान गरेको हो । कैद भुक्तान गरेको वर्ष दिन नपुग्दै उनी मन्त्रीमा नियुक्त हुनु नैतिकताका आधारमा राम्रो नहुने कानुनविद्हरुको भनाई छ । तर माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको इन्टेशनमै लामा मन्त्री भएका हुन् । 

लामा मन्त्री भएपछि माओवादी पार्टीभित्रै कडा आलोचना भएको छ । कर्णाली माओवादीका नेताहरु असन्तुष्ट देखिएका छन् । माओवादी जिवनमै यो निर्णय कलंक सावित भएको माओवादी नेताहरुकै भनाई छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.