लागूऔषध सहित  एक जना पक्राउ 

पोखरा ।   पोखरा महानगरपालिका-२७ बगदी खोलाको  स्थानबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल फेनरागन, ४७ एम्पुल नुफिन र  ४७ एम्पुल डाईजोपाम सहित पोखरा महानगरपालिका-१७ कुमाल गाउँ बस्ने २७ वर्षीय सरोज कुमाल मंगलबार राति पक्राउ  गरिएकाे हाे  । ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले  उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

 जलेश्वर नगरपालिका-८ फुलहट्टा बस्ने राधेश्याम सिंहको जग्गामा रहेकाे परालको कुनिउमा लुकाई राखेको करिब ४१ केजी अवैध लागूऔषध गाँजा प्रहरीले मंगलबार राति बरामद गरेको छ । उक्त स्थानमा लागूऔषध लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले कुनिउभित्र ५ वटा बोरामा प्लाष्टिकको झोलाले प्याक गरेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.