स्थानीय तह निर्वाचन लक्षित बजेटबारे गृहमन्त्री र अर्थमन्त्रीबीच छलफल

काठमाडाैं ।  सोमबार बसेको मन्त्रीपरिषद्काे बैठकले स्थानिय तह निर्वाचनको मिती घोषणा गरेसँगै गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे सिंहदरबारस्थित गृह मन्त्रालयमा छलफल भएको छ ।

 अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई चाप परेको बताउँदै अत्यावश्यक र गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका छन् । गृहमन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको र नभई नहुने विषयवस्तुबारे अवगत गराइने जानकारी दिएका छन्  ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान मागेपछि सामानको व्यवस्थापनका लागी आवश्यक बजेटबारे दुई मन्त्रीबीच छलफल भएको हो । 

उक्त छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला र योजना महाशाखा प्रमुख डा. भुसाल लगाएत सहभागी थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.