कर्मचारीले भ्रष्टाचार रोक्न भूमिका खेल्नुपर्छ : ओली

नेपाल निजामती कर्मचारी संगठनको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सो बताएका हुन् । 

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अवैद्य गठबन्धनको स‌ंज्ञा दिएका छन् । 

नेपाल निजामती कर्मचारी संगठनको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सो बताएका हुन् । 

उनले भने, ‘यो सरकार स्वाभाविक ढंगले आएको होइन। परमादेशबाट बनेकाे सरकार अस्वाभाविक उद्देश्य पूरा गर्न मात्र लागि परेको छ । जनताप्रति उत्तरदायी सरकार छैन ।’

कर्मचारी सरकारलाई भ्रष्टाचार गर्नबाट वञ्चित गराउन भूमिका खेल्नुपर्ने बताउँदै भने, ‘देशमा भ्रष्टाचार छ। भ्रष्टाचार विरोधको उदाहरण हुनुपर्छ। कसैले घुस खान भन्यो भने पनि खान्नँ भन्ने आँट गर्नुपर्छ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.