काठमाडाैं । निर्वाचित भएको पाँच वर्ष नपुगेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजीवकुमार शाहले स्थानीय तह निर्वाचन रोक्न माग गर्दै दिएको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ ।
मेयर शाहले वैशाख ३० मै निर्वाचन गरे पनि असोज २ गते मात्रै आफ्नो ५ वर्ष पुग्ने भएकाले सो अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरेका थिए ।
तर, सर्वोच्चले ‘बिना आधार निवेदन आएको’ भन्दै दरपीठ गरिदिएको छ ।
