काठमाडौं । विद्यार्थी नेता सुनिता बरालको अध्यक्षतामा अखिलको नयाँ नेतृत्व घोषणा गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल केन्द्रिय सचिवालयको बैठकले उपाध्यक्ष रहेकी बराललाई अध्याक्ष घोषणा गरेकी हुन् ।
तुलसीलाल स्मृति प्रतिष्ठानमा केन्द्रिय सचिवालय समितको बैठक जारी रहेको नविर्तमान हुन लागेको अध्यक्ष ऐन महरले क्किव नेपाललाई जानकारी दिँदै अखिलको नयाँ नेतृत्व सहितको टिम घोषणा हुन लागिएको बताए ।
यस्तै अखिलको महासचिवमा समिक बडाल रहने बताइको छ । आगामी चैत्र २३ गते अखिलको महाधिवेशन गर्ने समेत बैठकले घोषणा गरेको छ । अखिलको बरिष्ठ उपाध्यक्षमा उपाध्यक्षमा हालका सचिव तथा प्रवक्ता आरसी लामिछाने, उपाध्यक्षमा झपिन्द्र खत्री, निशा अधिकारी, कल्पना वाइबा, यमराज पाण्डे, मोति विक, उमेश आचार्यलगायतको नाममा सहमति जुटेको बताइएको छ ।
यस्तै अखिलको केन्द्रिय कमिटीको सचिवमा ११ जना रहने छन् । नेकपा एमालेको निर्णय बमोजिम अखिलको नेतृत्व परिवर्तन हुन लागेको महासचिव बडालले बताए । २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एमालेको सांसद हुदै नेकपा एकता हुँदा ऐन महर अध्यक्षको रुपमा रहेका थिए ।
नयाँ नेतृत्व घोषणासँगै महर, महेश बर्तौला, रश्मी आचार्य र सैलेश लामालगायत अनेरास्ववियु (अखिल)को राजनीतिबाट टाढिएका छन् ।