प्रचण्डलाई शेखरले भने- गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन

काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार बिहान खुमलटार पुगेका थिए ।

कोइराला–दाहालबीच समसामयिक राजनीतिक विषयहरूमा कुराकानी भएको छ । 

भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता कोइरालालाई सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा लैजाने प्रस्ताव गरेका थिए । तर, उक्त प्रस्तावलाई कोइरालाले अस्वीकार गरेका थिए ।

डा. कोइरालाले एमसीसी संसद्‌बाट अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति नै प्रभावित भएकाले यसमा अलमल नगरीछिटो टुंगोमा पुर्‍याउन आग्रह गरेका थिए ।  

यसअघि कोइरालाले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.