देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान साढे १० बजेपछि प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा यि नेताबीच भेटवार्ता भएकाे हाे । 

सत्ता गठबन्धनका शीर्ष नेताबीच एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा करिब एक घण्टा छलफल भएको छ । 

आजै बिहान काँग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच पनि भेटवार्ता भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.