काभ्रे । राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले काभ्रेमा सभामुख अग्नि प्रसाद सापकोटालाई धुलिखेलस्थित बिपी राजमार्गमा कालो झण्डा देखाएका छन् । एमसीसीको खारेजी, एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको,सापकोटा फरार अपराधी भएकाले उनलाई कारबाहीको माग लगायतका विषयलाई लिएर काभ्रेका युवा विद्यार्थीहरुले सभामुख सापकोटालाई कालो झण्डा देखाएका हुन् ।
काभ्रेको सारथी होटलमा आयोजना गरिएको सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन जाँदै गर्दा सभामुख सापकोटालाई कालो झण्डा देखाइएको हो ।
विरोधपछि आन्दोलनकर्मी र सुरक्षाकार्मी बीच झडपसमेत भएको थियो । झडपमा नेकपा एमाले काभ्रेका युवा नेता विष्णु काभ्रेली, राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष, सागर रायमाझी, अनेरास्ववियु जिल्ला ईन्चार्ज शालिकराम पराजुली, अनेरास्ववियु काभ्रेका सचिव मिलन गौतम र उपसचिव युवराज दाहाल घाईते भएका छन् ।
युवा विद्यार्थीले गरेको विरोधमा जिल्ला सुरक्षा समन्वय समितिले नेपाली सेनानै परिचालन गरेको थियो ।
कार्यक्रम पश्चात कोण सभामा राष्ट्रिय युवा संघ काभ्रेका संयोजक सागर रायमाझी र विद्यार्थी नेता सालिकराम पराजुली सम्बोधन गरेका थिए । सम्बोधनमा उनीहरुले आफूमाथी दमनका लागि नेपाल प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको थियो ।