माओवादी केन्द्रको बैठक स्थगित

काठमाडाैं । माओवादी केन्द्रको  केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

माओवादी केन्द्रको सचिवालयले विशेष कारणवश २८ र २९ माघमा बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको जनाएको छ।

माओवादी केन्द्रले पदाधिकारी छनोट गर्ने भन्दै प्रज्ञा प्रतिष्ठान कमलादीमा दुई दिनका लागि बैठक बोलाएको थियो । माओवादीको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य चयन गरे पनि अन्य पदाधिकारी छनोट गर्न सकेको छैन । कोरोनालाई विशेष कारण देखाएर बैठक सारिएको माओवादी केन्द्रका एक नेताले बताए ।

उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा गठबन्धनमा ठोस सहमति नजुटेसम्म माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने सम्भावना छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.