काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सरकार नभएको आभास हुन थालेको बताएका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् । नेता कोइरालाले भने, ‘अध्यादेश ल्याएर मुलुक चलाउनु अलोकतान्त्रिक हो ।’
सरकार गठन भएको ६० दिनसम्म पनि मन्त्रिपरिषद् गठन हुन नसकिरहेका सकिरहेको छैन । यहीबेलामा कोइरालाबाट यस किसिमको अभिव्यक्ति आउनुलाई निकै चासोका साथ हेरिएको छ ।
त्यसैगरी, नेता कोइरालाले नेपाली कांग्रेसको वर्तमान नेतृत्व परिवर्तन आवश्यक भएको बताएका छन् । कोइरालाले भने,‘प्रवृत्तिबाट पार्टी अघि बढिरहेकाले आगामी महाधिवेशनमा नेतृत्व परिवर्तन अपरिहार्य छ ।’