काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको सरकारले एमसिसी अनावश्यक रुपमा गिजोलेको आरोप लगाएका छन् । शनिबार प्रदेश-२मा पुगेका अध्यक्ष दाहालले कार्यकर्ता प्रशिक्षणका क्रममा ओली सरकारका अर्थमन्त्रीले बिगारेको बताउँदै सो आरोप लगाएका हुन् ।

‘हामी एमसिसीविरूद्धमा छैनौँ, तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र पारित गर्नुपर्नेमा हाम्रो जोड हो,’ प्रचण्डले भने ‘परिमार्जन र संशोधन गरेर मात्र एमसीसी अगाडि बढाउन हतार गर्नु आवश्यक छैन।’
नेपाली राजनीति केन्द्रविन्दुको रुपमा छ । केही दिनअघिमात्रै एमसिसी उपाध्यक्षको नेपाल भ्रमणक क्रममा नेपाली राजनीतिलाई एमसिसीले अझ तताएको थियाे । एमसिसीकै कारण सरकारमा समस्या पैदा हुने आकलन भइरहेका बेला दाहालबाट यस्तो अभिव्यक्ति आएको हो ।