काठमाडौं । हृदयश त्रिपाठीले नयाँ पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।त्रिपाठीले शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
पार्टी दर्ताका लागि पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षरसहित आवश्यक अन्य डकुमेन्टहरू राखेर निवेदन दर्ता गरिएको बताइएको छ ।
पार्टी वरिष्ठ उपाध्यक्षमा डा.शिवजी यादव, तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ,महासचिवमा इश्वर दायाल मिश्र र डा।भरतकुमार थापा रहेका छन् ।