बैतडी । बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । १०औँ गाउँसभाको सम्बोधन गर्दै उनले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उम्मेद्वारी बन्ने बताएका हुन् ।
उनी नेपाली कांग्रेसका नेता हुन् । सिगास गाउँपालिकामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा स्वरोजगार लगायतका क्षेत्रमा राम्रो प्रगति भएको उनले बताए ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ ।