यात्रा पक्कै कठिन छ, र पनि आयौं..

अनलाइनहरूको बीचमा संख्यात्मक रूपमा वृद्धि गर्न मात्र हामी आएका छैनौं । देश तथा विदेशमा रहेका आमनेपालीहरूको सारथी बनेर नयाँ प्रविधिको पत्रकारितामार्फत हामी जनताको सुसूचित हुने अधिकारलाई प्रत्याभुति दिलाउन लागि नै रहने छौं ।

समाज रुपान्तरणको सिद्धान्त र मूल्य मान्यतासँग जोडिएर हामी आजैबाट तपाईंहरुको बीचमा आएका छौं । यसो भनिरहँदा यो यात्रा पक्कै सहज छैन । लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि विश्वास राख्दै देशकाे संविधान,ऐन, कानुनले दिएको अधिकारको प्रयोग गर्दै हामी यो असहज यात्रालाई सहज बनाउन प्रयासरत् रहनेछौं ।

देश विदेशका समाचारलाई छिटो र सरल ढंगबाट सहि सूचना तपाईंकाे हातमा पर्ने गरि हामी प्रतिवद्धतासहित आएका छौं । आममानिसको अधिकतम अधिकारको प्रत्याभूति स्थापित गर्दै लोकतन्त्र, राष्ट्रियता, संघीयता र बहुलवादसहितको समाजवादलाई आत्मसात गर्दै निरन्तर सूचना प्रवाहमा हामी कटिवद्ध हुनेछौं ।

देश भित्रका सम्पूर्ण वर्ग, क्षेत्र र आम मानिसलाई जवाफदेही बनाउँदै हर किसिमले खबरदारी गर्ने हाम्रो प्रयास यहाँहरूकै सहयोगमा सफल हुनेछ भन्ने विश्वास पनि लिएका छौं । आर्थिक उन्नती र समृद्ध नेपालको अभियानमा सारथीको रुपमा उभिरहनेछौं । सुशासनका निमित्त हामी अन्तिम क्षणसम्म उभिरहनेछौं । तीनै तहका सिंहदरवारहरूलाई खबरदारी गर्दै जिम्मेवारी बनाउन हामी प्रतिवद्ध छौं ।

अनलाइनहरुको बीचमा संख्यात्मक रूपमा वृद्धि गर्न मात्रै आएका छैनौं । देश तथा विदेशमा रहेका आम नेपालीहरूको सारथी बनेर नयाँ प्रविधिको पत्रकारितामार्फत जनताको सुसूचित हुने अधिकारलाई प्रत्याभूति दिलाउनका लागि नै रहनेछौं । क्विकनेपाल डटकम सम्पूर्ण नेपालीहरुको साझा अभियानको रूपमा अघि बढिरहनेछ । आममानिसको चासोको विषय हाम्रो मूल स्रोत हुनेछ ।

सबै खाले विकृति र विसंगतीमा ध्यानाकर्षण मात्र गराउने छैनौं, सकरात्मक र निष्पक्षतासहितको जिम्मेवार पनि बनाउँनेछौं । यथार्थ र तथ्यसहितको विश्वासनीयतालाई आत्मसात गर्दै सहि सूचना प्रवाहको मूल मार्गमा तपाईं हामी सँगै रहनेछौं । परिष्कृत हुँदै गएको डिजिटल दुनियाँमा हामी प्रखर र निष्पक्ष सूचना प्रवाहको पालक बन्नेछौं ।

हामी अनलाइन पत्रकारितासँगै मल्टिमिडियाको पहुँचमार्फत तपाईंहरूसँग जोडिने प्रयास गरिरहने छौं । तपाईहरूनै हाम्रो मूल सारथी हुनुहुनेछ । त्यसैले यहाँहरूको आलोचनात्मक, रचनात्मक सल्लाह र सुझावको अपेक्षा सदा रहनेछ ।

-सम्पादक

© 2021 Quicknepal.com  |  All Rights Reserved.