पर्वत । बागलुङको बागलुङ नगरपालिका–६ घर भई पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्दै आएका ४३ वर्षिय राजु परियारले श्रीमती सीता परियारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक जानकारी दिए।
शुक्रवार बिहान करिब १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको र मृतक महिलाको शरीरमा निल डाम सहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले आरोपित राजुलाई घटना स्थलबाट खुर्पा सहित नियन्त्रणमा लिएको छ।