काठमाडौं । नेकपा एमालेको स्थायी स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार सो बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे बस्नेछ ।
‘स्थायी कमिटी बैठकमा १५-१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ,’ तामाङले भने,‘स्थायी कमिटी बैठकअगाडि संविधान दिवसबारे कार्यक्रम हुनेछ । स्थायी कमिटी बैठक भोलि पनि बस्नेछ ।’
तामाङका अनुसार आजको कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।