काठमाडौं । लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेकपोष्टबाट नियन्त्रित लागूऔषध ४ सय १ एम्पुल डाईजेपाम, ४ सय १ एम्पुल नुर्फिन र ४ सय ३ एम्पुल फेनारगन सहित भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने ३० वर्षीय रोहन खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वीरगंजबाट काठमाडौं आउदै गरेको ना.१ ज ७३८१ नम्बरको टाटा सुमोलाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार रोहनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।