सप्तरी । अवैध रुपमालुकाई राखेको लागूऔषध सप्तरीबाट बरामद गरेको छ ।
सप्तरी, हनुमाननगर कंकालिनि नगरपालिका-४ मधुवापुर बस्ने महेन्द्र साफिको गोठ घरबाट करिब १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
उनको गोठ घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले गोठ घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार महेन्द्रको प्रहरीले खोजी गरिरहेको छ ।