लोसपा अध्यक्षद्धारा क्विक नेपाललाई शुभकामना व्यक्त

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान दिवसको दिन संचालनमा आएको क्विक नेपाल डट कमलाई शुभकामना व्यक्त गरेका छन् ।

डिजिटल पत्रकारिताको शसक्त माध्य अनलाईनहरुको बिचमा पत्रकारितामार्फत सहि सुचना सम्प्रेषण गर्ने उद्देश्य लिएर क्विक नेपाल डटकम संलचानमा आएको हो ।

अध्यक्ष ठाकुरले आम मानिसको चासोलाई मुख्य विषय बनाएर समाज परिवर्तनमा पत्रकारिताको माध्यमबाट उल्लेखनीय भुमिका निर्वाह गर्न क्विक नेपाललाई शुभकामना दिएका छन् ।

लोकतन्त्र र प्रेस स्वतान्त्रतामाथि विश्वास राख्दै मानव अधिकारको प्रत्याभूति ,लोकतन्त्र, राष्ट्रियता, पहिचाहन, संघीयता र लोकतान्त्रिक समाजबादलाई पत्रकारितामार्फत थप सुसूचित गर्न महत्वपुर्ण भमिका रहने विश्वाश अध्यक्ष ठाकुरले ब्यक्त गरेका छन् ।

उनले देशभित्रका सम्पूर्ण वर्ग, क्षेत्र र आम मानिसलाई जपाफदेहि बनाउँदै हर किसिमले खबरदारी गर्ने प्रयास सधै रहिरहोस् भन्ने शुभकामना व्यक्त समेत गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.