एमसीसीविरुद्ध हेटौंडामा प्रदर्शन 

हेटौँडा । नेकपा (एकीकृत समाजवादी)मा आवद्ध जनवर्गीय संगठनहरूको आयोजनामा मकवानपुरको हेटौंडामा आइतबार एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ । 

हेटौंडाको शीतल महल चोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सीमा चोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरूको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । 

सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताउदै एमसीसीलाइ टुंगो नलाग्दासम्म आफूहरू आन्दोलित भइराख्ने चेतावनी दिए । 

विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति थियो ।

273516259_317359837076915_2468194602497470851_n.jpg.jpg

 

 

273905923_507023167433607_780064876399531445_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.