माओवादी युद्धको २७ वर्ष: आंशिक उपलब्धि प्राप्त- सांसद भण्डारी

जुम्ला । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले १ फागुन  नेपाल र नेपालीका लागि गौरवको दिन रहेको बताएका छन् ।

तत्कालीन माओवादीको नेतृत्वमा नेपालमा जनयुद्धको सुरुवात भएको दिन १ फागुन भएकोले यसलाई सबै नेपालीको लागि गौरवको दिन रहेको उनको भनाइ छ । 

जनयुद्धु नेपालमा आरम्भ भएको आइतबार २७ वर्ष पुगेको स्मरण गर्दै सांसद भण्डारीले आंशिक उपलब्धि हासिल भएको दाबी गरे ।
चन्दननाथ नगरपालिका भण्डारीबाडा गाउँमा रहेको जनयुद्धका सहिदहरुको शालिकमा माल्यार्पण गरेर जनयुद्ध दिवस मनाएका  छन  । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.