एनएसएलमा झापा, मेची र विरगंज थपिए 

काठमाडौं । आगामी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा तीन टिम थपिएका छन् । 
 तीन क्षेत्रबाट आगामी सिजनका लागि तीन टोली छनोट गरिएको हो । 

पूर्वबाट स्पोर्टिन इलाम मेची र झापा एफसी तथा  तराईबाट वीरगन्ज युनाइटेड थपिएको स्रोतले जनाएको छ  । 
आगामी संस्करण २६ चैतबाट सुरुहुँदैछ । यस पटक नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले प्रतियोगिता पोखरा र काठमाडौंमा गर्ने योजना बनाएको छ । 

गत सिजन भएको एनएसएलमा सात टोली रहेका थिए । विराटनगर सिटी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफस, पोखरा थण्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी रहेका थिए । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.