वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी ८ दिनसम्म मनाइने यो आजबाट सुरु भएको हो ।
काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्देशीका दिन मनाइने इन्द्रजात्रा यो वर्ष पनि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रकोे पूजा गरि ८ दिनसम्म मनाइने यो आजबाट सुरु भएको हो ।
विशेष गरी यो जात्रा उपत्यकाभित्र काठमडौं, भक्तपुर, ललितपुर, धुलिखेल र दोलाखामा मनाइन्छ । भाद्र शुक्ल द्धाद्धशीका दिन हनुमानढोक अगाडि लिङ्गो ठड्याइएपछि जात्रा सुरु हुने गर्दछ । यस दिन ठड्याइने लिंगोलाइ इन्द्रध्वजोत्थान भनिन्छ । यसरी ठड्याइएको लिंगोको मुनि भैरवको पूजा गरिन्छ । शत्रुलाई पराजय गरी विजय उत्सवको रुपमा यो जात्रा मनाउने गरिएको किंवदन्ती छ ।
यो जात्रा अवधिभर भक्कुनाच,महाकालीनाच,लाखेनाच, दशअवतार तथा पुलुकिसी नाच नाच्ने गरिन्छ ।