ठगी अभियोगमा एक जना महिला पक्राउ

मोरङ । ठगी अभियोगमा एक जना महिला पक्राउ । धनपालथान गाउँपालिका-३ बेतौना बस्ने ३० वर्षीया महिलाको अन्दाजी १३ तोला चाँदीका गहना ठगी गरेको अभियोगमा सोही गाउँपालिका-७ बस्ने ४० वर्षीया रिना खातुनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

रिनाले ती महिलाको घरमा चाँदीका गरगहना राखी जोखना हेराउने भन्दै उक्त परिमाणको चाँदीका गहना ठगी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बतौनाबाट खटिएको प्रहरीले रिनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.