काठमाडाैं । नेकपा (एमाले) ले काउन्टर दिनका लागि चार न्यायाधीशमाथि महाअभियोग ल्याउँछ भनेर आएका समाचारहरु सबै पूर्वअनुमान मात्रै भएकाे बताएकाे छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाएपछि बसेको एमाले संसदीय दलले वस्तुस्थितिको ठोस अध्ययन गरेर मात्रै यसबारे निर्णय लिने बताएकाे हाे ।
त्यस्तै अमेरिकी सहायता परियोजना (एमसीसी) बारे पहिले सत्ता पक्षको धारणा आउनुपर्ने पुरानै अडान राखेकाे छ । एमाले यसबारे आवश्यक परेका बेला आवश्यक निर्णय लिने बताएकाे छ ।
बैठकमा २० जना सांसदले धारणा राखेका थिए । भीम रावल, घनश्याम भुसाललगायतले चुनावको मुखमा चोलेन्द्र र एमसीसी बोकेर जान नहुने बताएका थिए ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव टार्ने र एमसीसी पास गर्ने मनसायका साथ महाअभियोग आएको बताएका थिए ।