अन्तरिक्ष यात्राबाट फर्किए पर्यटक

उक्त क्याप्सुलमा अर्बपति व्यवसायी जेएर्ड आइज्याकम्यान, फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इन्जिनियर क्रिस सेम्ब्रोस्की र सामुदायिक कलेजका शिक्षासेवी सियान प्रोक्टर थिए।

अन्तरिक्षा यात्रा सकेर ४ जना पर्यटक पृथ्वी फर्किएका छन् । पहिलो पटक सर्वसाधारणलाई अन्तरिक्षा पठाइएको स्पेस एक्स क्याप्सुल शनिबार अमेरिकास्थित फ्लोरिडाको समुन्द्रमा अवतरण भएको हो ।

स्पेस एक्सको इनस्पिरेसन ४ मिसनअन्तर्गत पहिलो पटक सर्वसाधारणलाई अन्तरिक्षमा पठाइएको थियो। तीन दिनअघि उनीहरू पृथ्वीबाट उडेका थिए।
समाचार संस्था रोयटर्सका अनुसार उनीहरू पृथ्वीको सतहबाट ५८५ किलोमिटरमाथिसम्म पुगेका थिए।

उक्त क्याप्सुलमा अर्बपति व्यवसायी जेएर्ड आइज्याकम्यान, फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इन्जिनियर क्रिस सेम्ब्रोस्की र सामुदायिक कलेजका शिक्षासेवी सियान प्रोक्टर थिए।

उनीहरूले अन्तरिक्ष यात्राका लागि कति रकम तिरे भन्ने खुलाइएको छैन। उनीहरूको यात्रा व्यवसायी आइज्याकम्यानले प्रायोजन गरेको बताइएको छ।
स्पेस एक्स अमेरिकी अर्बपति एवं टेस्ला कम्पनीका मालिक एलन मस्कको कम्पनी हो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.