तीन जना सवार मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा मंगलबार बिहान ३ जना सवार मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार गैडहवा गाँउपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाँउका २० वर्षीय  राउल थापा रहेका छन् ।  
दुबै जनाको उपचारको क्रममा बुटवल स्थित लुम्बिनि प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएका मोटरसाईकल चालक रुपन्देहीकै २१ वर्षीय बिमल रानाको सोही अस्पतालमा उपचार भईरहेको छ ।  
लु ६० प ३६५२ नम्बरको मोटरसाईकल मंगलबार बिहान ४ बजे अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.