टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु,

दाङ ।  दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा मंगलबार बिहान टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ४० वर्षीया डिला पौडेल रहेकी छिन् । रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई मंगलबार बिहान साढे ६ ठक्कर दिएको थियो ।

 टिपर चालक फरार रहरकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङ दाङले जानकारी दिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.