लागूऔषध गाँजासहित तीन जना पक्राउ 

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका–१ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरी समेत ३ जनालाई करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । 

ठकुरीले घरमा गाँजा लुकाई छिपाई बिक्री गरिरहेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सोमबार घर तलासी गरेको थियो । 

तसासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर २–०१–००३ प. ५२ १७ नम्बर र स.५ प १०२० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.