भोलिको संसद बैठकमा एमसीसी टेबल गराउने काँग्रेसको निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्झौता एमसीसी संसदमा टेबल गरेर अनुमोदन गराउने  निर्णय गरेको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

बैठकमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए ।

कांग्रेस महामन्त्री गगन थापाले एमसीसीबारे नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको अघिल्लो सरकारले संसदमा दर्ता गराएको प्रस्ताव संसदमा टेबुल गरी पारित गर्नुपर्ने निर्णय भएको बताए ।

संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ । 
 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.