खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा एक जना पक्राउ

रोल्पा । रोल्पा गंगादेव गाउँपालिका-४ गौरामाठे बस्ने २७ वर्षीय महेश वलीलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोही गाउँपालिका-४ डलसिङ्गे बस्ने ३९ वर्षीय पर्शुराम वलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

गंगादेव गाउँपालिका-४ तिखेचुलामा पर्शुरामले खुकुरी प्रहार गर्दा महेश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । गम्भीर घाइते महेशको मालेखोला स्वास्थ्य चौकी हुँदै राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा उपचार भइरहेको 
छ। 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.