संविधानको पालना सबैले गर्नुपर्छ : मुख्यमन्त्री केसी

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको पालनमा केही चुनौती देखा परेको बताएका छन । लुम्बिनी प्रदेशमा संविधान दिवशका दिन आयोना गरिएको कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन । मुख्यमन्त्री केसीले संविधानको पूर्ण पालना गर्न समेत आग्रह गरेका छन् । संविधान एक गतिशील दस्तावेज भएको मुख्यमन्त्री केसीले संविधानको पालन गर्दै यसलाई अझै समृद्ध बनाउँदै अघि बढनुपर्नेमा जोड दिएका छन् ।

हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको छ’, उनले भने, ‘यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपिल गर्दछु ।”

सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन संविधान दिवस मनाइएको हो । त्यस अवसरमा प्रदेश पदक सिफारिश समितिले गरेको सिफारिसअनुसार ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषितका लागि नाम घोषणासमेत गरिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.