संघ, प्रदेश र स्थानीय तहबीच सुमधुर सम्बन्ध हुन सकेको छैन : डा. चन्द्रकान्त ज्ञवाली

२०७२ सालमा संविधान जारीसँगै नेपालमा संघीयता कार्यान्वयनमा आएको छ । देशमा संघ, प्रादेशिक र स्थानीय तह तीन तहका कुल ७६१ सरकारले शासकीय अभ्यासरत छन् ।
संघीय संरचनाको बलियो आधार स्तम्भको रुपमा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध हो । संघीयता कार्यान्वयनका क्रममा यी पक्षबीच सुमधुर सम्बन्ध कायम हुन सकेको छैन । संघीयताको मर्मअनुरुप संघीयता कार्यान्वयन हुन नसक्दा नेपालको संघीयता कमजोर हुँदै गइरहेको छ ।
केन्द्रीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन सकेन । केन्द्र सरकार प्रदेश र स्थानीय तहमा कानुन निर्माणदेखि कार्यान्वयनसम्म हावी छ ।

साधन स्रोतका हिसाबले प्रदेश सरकार कमजोर रहेको बेला झनै काम कर्तव्यहिन बन्दै जाने स्थीति बनेको छ । कतिपय ठाउँमा प्रदेशको नामकरणसमेत हुन सकेको छैन । जुन आफैँमा दुर्भाग्य हो । नेपालजस्तो देशमा संघीयता टिक्न सक्दैन भन्ने होइन । तर, संघीयता कार्यन्वयनको पाटोमा ध्यान दिन नसक्दा संघीयता कमजोर बन्न सक्ने खतरा बढेको छ ।
संघीयताको नाममा राजनीतिकरण हुँदा संघीयतालाई कमजोर बनाउन सक्छ । संविधानले परिकल्पना गरे अनुरुप संघीयता कार्यन्वयनमा त्रुटि छ । यसलाई सच्याउन आवश्यक छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.