धनगढी मेयर एलपीएल-६: होलिल्याण्डको पहिलो जित  

धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर–१९ क्रिकेटअन्तर्गत चौँथो दिनको पहिलो खेलमा होलिल्याण्ड इंलिस स्कुल अत्तरिया विजयी भएको छ। 

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वति स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित गर्यो । शारदा सरस्वतिले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षेतिमा १६.२ ओभरमा भेटायो। 

होलिल्याण्डको लागि अभिषेक पालले सर्वाधिक २२ रन तथा संजय बोहराले अविजित १० रन बनाए । शारदा सरस्वतिका बलर हेमन्त धामी, गणेश बिटालु र विकास सुनारले समान दुई विकेट लिए । 

यस अघि टस जितेर व्याटिङ रोजेको शारदा सरस्वतिले १८.३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । उसको लागि विकास सुनारले सर्वाधिक ११ रन तथा निरज तेज चन्द र मिलन बोहराले समान १० रन बनाए । होलिल्याण्डका बलर सन्जय बोहराले सर्वाधिक तीन विकेट तथा अविनारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले समान दुई विकेट लिए। 

खेलको प्लेयर अफ द म्याच सन्जय बोहरा चुनिए जसले दुई हजार रुपैयाँ प्राप्त गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.