कालिकोट । संविधानसभाको अवसरमा कालिकोटका प्रमुख जिल्ला अधिकारीसहित ५ जना विभूषित भएका छन् ।
विभूषित हुनेमा जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, भेरी अस्पतालका नर्स सुनिता सहकारी, स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर विक, माओवादी सेनाका कमाण्डर कमलबहादुर विष्ट र अमर विक रहेका छन् ।
यसैगरी संविधान दिवसको अवसरम कालिकोटका १२ कैदीको सजाय मिनाह भएको छ । कालिकोट कारागारले ज्यान मार्ने उद्योगमा कसुर ठहर भएका वसन्त भनिने डेकेन्द्र बहादुर शाही तथा वहुविवाह मुद्दामा कसुर ठहर भएका सहित १२ जनालाई कैद मुक्त गरिएको हो । कैद मुक्त हुनेमा अधिकांश ज्यान मार्ने मुद्धामा दोषि ठहर भएका व्यक्ति रहेको कालिकोट कारागारले जनाएको छ ।