लागूऔषध सहित २ जना पक्राउ

कैलाली । लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन ।  

कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट कंचनपुर भिमदत्त नगरपालिका-४ बस्ने २१ वर्षीया नेहा विष्ट र भारत खटिमा उत्तमसिंह नगर बस्ने २७ वर्षीय बाशुदेव विश्वासलाई करिब २ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.