एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौं । एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक जारी छ ।बैठक नयाँबानेश्वरस्थित अर्याल होटलमा भइरहेकाे छ ।

बैठकले एमसीसी र गठबन्धनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् ।  

माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.