भक्तपुर । आफ्नै घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ । मध्यपुर ठिमी न.पा.२ सानोठिमी स्थित मगरगाँउमा बस्ने ७८ वर्षीय शिवराम श्रीमालीकाे मृत्यु भएको हो ।
आफ्नै एक तल्ले घरको भर्याङबाट अचानक लड्दा घाइते भएपछि उनलाई कोरियन अस्पताल भक्तपुर लगिएको थियो ।शुक्रबार राति ९:४५ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।