मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध युवा संघ नेपालको प्रर्दशन(भिडियो र फोटोसहित )

काठमाडौं ।  राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटीले मूल्यवृद्धि खारेजी, हत्यारालाई कारबाही, भ्रष्टाचार अन्त्य लगायतका माग राख्दै प्रदर्शन गरेको छ । युवा संघले नयाँ बानेश्वरमा नारासहित उक्त प्रदर्शन गरेको हो ।  

सो क्रममा प्रचण्ड र माधव नेपालको तस्बिर भएको ब्यानर समेत जलाएको छ । 

युवा संघले पछिल्लो समय निकै चेतनामुलक र रचनात्मक कार्यक्रम गर्दै आएको छ । यस अघि युवा संघले रोडमै चिया पकाएर पुलिसलाई खुवाएको थियो भने रोडमा नै प्रतिनिधी सभा बनाएर संसद यसरी चलिरहेको छ भनेर देखाएको  थियो । 

त्यस्तै पेट्रोलीयम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा रोडमा डोरीले गाडी तानेर प्रदर्शन  गरेको थियो । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.