काठमाडाैं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका-८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राई पक्राउ परेका छन् । राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।