गायिका प्रविशाको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।  गायिका प्रविशा अधिकारीको आवाजमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा अभिनेता धिरेन शाक्यसहित उमा श्रेष्ठ र निरीक्षा श्रेष्ठ फिचर्ड छन्।  

‘रैछौ बेइमानी’ बोलको गीतमा सिद्धान्त शर्मा पौडेलको शब्द र देवराज आले मगरको संगीत रहेको छ ।विछोडको भाव बोकेको गीतको संगीत सञ्योजन विशाल निरौलाले गरेका छन् । 

भिडियो एस सिने प्रोडक्सन हाउसको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.