लागूऔषध सहित ५ जना पक्राउ

झापा । कचनकवल गाउँपालिका-५ डाँगाबारीबाट ५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित बिर्तामोड नगरपालिका-२ सैनिक मोड बस्ने २८ वर्षीय सरोज भट्टराई र बिर्तामोड नगरपालिका-९ बस्ने २० वर्षीय विशाल बुढाथोकीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 भारतीय सिँमा नाकाबाट आउँदै गरेको प्र १-०१-०१३ प ७९७४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.