महाशिवरात्रिमा करिब १० लाख दर्शनार्थी आउने, सवा करोड खर्च हुने अनुमान

काठमाडौं। यसवर्षको महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब १० लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषले  पत्रकार सम्‍मेलन गरेर करिब १० लाख दर्शनार्थी आउने र सवा करोड खर्च हुने अनुमानको बजेट विवरण सार्वजनिक गरेको हो ।

महाशिवरात्रिका लागि सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरिएको छ ।

पशुपतिनाथ दर्शनका लागि भारतलबाट आउने साधुसन्त तथा मेला भर्न आउन दर्शनार्थीको सुरक्षा लागि शिवरात्रिमा करीब १० हजार सुरक्षा व्‍यवस्था परिचालन गरिने भएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.