पावेलको जन्मदिनको अवसरमा वृक्षारोपण

जुम्ला । नेपाल स्काउटका जन्मदाता लर्ड वेडेन पावेलको जन्मदिनको अवसरमा वृक्षारोपाण गरिएको छ । जुम्लाको चन्दननाथ पार्कमा वृक्षारोपाण गरिएको  हो ।  यो पार्क  कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको गुठीको जग्गाभित्र छ । 

स्काउट मास्टर धनराज सुनारका अनुसार पार्कमा ३० वटा धुपी, १५० सयपत्री फुल र १०० तरबारे फूलका बिरुवा रोपिएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.