काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता साझेदार दलहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा मतदान गरे गठबन्धन भत्किने चेतावनी दिएका छन् । मंगलबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।
थापाले संसद्मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य समाप्त हुने बताए । थापाले भने, ‘सत्ता गठबन्धनमा सहभागी भएर त्यही सरकारले अघि सारेको प्रस्तावविरुद्ध मतदान गरिसकेपछि हामी विपक्षमा मतदान गर्छौं, तर बाँकी कुरामा सँगै जान्छौ भन्नु अनैतिक हो ?
एमसीसीलाई यसअघिका सबै कम्युनिस्ट सरकारले समर्थन गरेकोले अहिले विपक्षमा उभिनु जायज नहुने थापाको भनाई छ ।