काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टलगाएतका १० नेताले केपी ओलीसंग आत्मसर्पण गरेको बताएका छन् । सोमबार सूर्यनाथा रान यादवको स्मृति दिवशको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष दाहालले ओली जाली नेता हुन भन्ने १० जना नेताहरुले केपी ओलीसंग आत्समपर्ण गरेको बताए ।
दाहालले भने,’ओली जालीझेली नेता हो भनेर भन्ने घनश्याम, गोकर्ण, योगेशलगायतका १० जनानै हो । तर आफूहरुलाई दह्रोसँग टेक्नुस् भन्नेले नै आत्मसमर्पण गरेको देखेर अनौठो लाग्यो ।’आफूलाई वैचारिक नेताको संज्ञा दिंदै आएका नेताहरुलेनै ओलीसंग आत्मसमर्पण गर्नु अनौठो लागेको भन्दैदाहालले आफ्नो पार्टी पनि एमाले जस्तै हुन लागको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
दाहाले नेकपा माओवादी एमालेकरण हुन थालेको स्पष्ट पारे । एमाले जस्तो–जस्तो, झुट, बेइमानी, जालझेल, भष्ट्राचार, पद जसरी नि प्राप्त गर्ने, गुट नै गुट एमाले भनेको त्यही हो,’ उनले भने । एमालेको विचार, सिद्धान्त केवल सूर्य मात्रै भएको दावी गरेका छन् ।
अध्यक्ष दाहाले अव सबै क्रान्तिकारीहरु एकजुट भएर अघि बढनुपर्नेमा जोड दिए्का छन् । उनल देशभरी विस्तारै उभार आउने संकेत देखिएको भन्दै ओलीको प्रतिगमन परास्त गर्न आफूहरुको महत्वपुर्ण भूमिका रहेको समेत स्पष्ट पारेका छन् ।
उनले पूर्वमाओवादी एवम् क्रान्तिकारी घटक छिट्टै समीक्षा गरेर एकजुट हुन आवश्यक रहेको समेत औल्याएका छन् । उनले कार्यकर्तामा मात्र नभइ नेताहरुमा समेत समस्या देखापरेकाले सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिए।