घनश्यामद्वारा एमालेमा जबजबारे छलफल र बहस चलाउन माग

काठमाडौं । नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले जबजबारे छलफल र बहस गर्न माग गरेका छन् । आइतबार विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्गठनात्मक प्रस्तावमाथि बुँदागत टिप्पणी प्रस्तुत गर्दै भुसालले सो माग गरेका हुन् । 

‘समाजको चरित्र र जनताको बहुदलीय जनवादजस्ता विषयको सैद्धान्तिक र तार्किकरुपले व्याख्या भएको छैन । सामन्तवाद, सामन्त वर्ग, सामन्तवादका अवशेषजस्ता प्रसङ्गले विषयलाई अलमल्याउँछन्,’ भुसालले भने । 

पार्टीले जबजले उल्लेख गरेभन्दा धेरै विषय अभ्यास गरेको बताउँदै उनले अब जबजले कार्यक्रमका रूपमा पार्टीलाई मार्गदर्शन गर्छ भन्नु अतिशयोक्ति हुने बताए । उनले भने, ‘मदन भण्डारीले नयाँ जनवादी कार्यक्रममा १४ विशेषता थप  भएको हुँदा त्यसलाई जनताको बहुदलीय जनवादी कार्यक्रम भन्नु पर्छ ।’

‘छैटौँ महाधिवेशनमा त्यसलाई सिद्धान्त निर्माणको कुनै आधार नै नदिइकन सिद्धान्त भनियो,’ उनले भने , ‘सातौँमा नयाँ केही गरिएन ।’ योबीचमा जबजबारे बहस भए पनि पुष्टि हुन नसकेको बताए । 

नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्दै छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिमरुप दिने तयारी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.